काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दर्ज भएको छ । मंगलबार बिहान सवा ८ बजेको रेकर्डअनुसार काठमाडौं वायु गुणस्तर २६१ एक्युआई रहेको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरले उल्लेख गरेको छ ।
जसअनुसार काठमाडौंको वायु गुणस्तर ‘धेरै अस्वस्थकर’को सूचीमा छ । पछिल्लो समय नेपालका प्रदूषण निकै बढेको छ भने आम सर्वसाधारणको स्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ ।
काठमाडौंपछि विश्वका प्रदूषित सहरको सूचीमा भारतको दिल्ली, भियतनामको हनोइ, पाकिस्तानको लाहोर, म्यानमारको यांगुन रहेका छन् ।





प्रतिक्रिया