देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपा सहमहामन्त्री पदबाट सुमनाको राजीनामा किन ?

देशान्तर

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् ।

सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा कारागारमा छन् ।

यही बेला सुमनाले राजीनामा घोषणा गर्दैछिन् । उनले केही बेरपछि पार्टीको आन्तरिक संवाद समूहमा यो जानकारी गराउने तयारी गरेकी छन् ।

‘एक व्यक्ति एक पदको मान्यतालाई लागु गराउन सुमनाजीले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो,’ रास्वपा उच्च स्रोत भन्छ, ‘त्यस बेला रविजीले हाम्रो पार्टीले यसबारे मान्यता नै बनाइसकेको हुनाले सुमनाजीको कुरा सही नै भएको, तर अहिलेको समय त्यसका लागि अनुपयुक्त भएको भन्नुभएको थियो । लगत्तै रविजी फेरि हिरासत पर्नुभयो ।’

श्रेष्ठले आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको पुष्टि गरिन् । तर विस्तृत धारणा पार्टीमै राख्ने बताएकी छन् ।