देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माइतीघरदेखि बानेश्वरसम्म तीन समूहको प्रदर्शन

देशान्तर

काठमाडौं, ७ वैशाख । माइतीघरदेखि नयाँ बानेश्वरसम्म तीन वटा समूहका प्रदर्शन र धर्ना जारी रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासङ्घको नेतृत्वमा बिजुली बजार पुल केन्द्रित र नेपाल पिछडा वर्ग (ओबिसी)को नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन र धर्ना जारी रहेको हो ।

जसअनुसार माइतीघरमा  ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै दलित समुदायले माइतीघर मण्डला, परिसरको सडकमा धर्ना दिएका छन्।

नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको नेतृत्वमा दलित समुदायका अगुवाहरूले  ‘पिछडिएको समुदाय (ओवीसी) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

शिक्षकहरू भने बिहान ९ बजे देखी नै बिजुली बजारमा केन्द्रित आन्दोलन जारी राखेका छन् । विगतमा १२ः०० देखी ३ः०० बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने कार्यालय समयलाई अवरोध हुने गरी बिहान ९ः०० बजे देखी नै आन्दोलन सुरु गरेका हुन् । उनीहरू विगत झन्डै ३ हप्ता देखी आन्दोलनमा रहेका छन् ।

उता, राप्रपा भने निषेधित क्षेत्र तोड्ने भन्दै नयाँ बानेश्वरमा केन्द्रित भएका छन् । आफ्ना पार्टी नेता वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतको रिहाइको थप माग राखेर उनी बानेश्वरमा केन्द्रित भएका हुन् ।