देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी परियोजना बन्द गर्ने तयारी, मे ५ देखि सबै कर्मचारी पदमुक्त !

देशान्तर

काठमाडौं । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना बन्द गर्ने तयारी गरेको छ।

विकासशील देशहरुको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित यो परियोजना एलन मस्क नेतृत्वको सरकारी दक्षता विभागको सिफारिसमा बन्द गर्न लागिएको हो।

संघीय खर्च कम गर्ने उद्देश्यले एमसीसी परियोजना बन्द गर्न लागिएको भन्दै विभागले कर्मचारीहरुलाई इमेल पठाएको छ। मंगलबार विभागले कर्मचारीहरुलाई इमेल लेखेर यसबारे जानकारी गराएको छ। सीएनएनका अनुसार आगामी मे ५ देखि एमसीसीका सबै कर्मचारी पदमुक्त हुने सम्भावना छ।

एजेन्सीहरुका अनुसार एमसीसीको प्रमुख कार्यकारी अधिकृत बाहेक सबै कर्मचारीलाई अवकास दिने तयारी छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि युएसआईडी बन्द गरेपछि एमसीसीको अनुदान ९० दिनलाई निलम्बन गरिसकेको थियो।

अमेरिकी कांग्रेसले सन् २००४ मा स्थापना गरेको एमसीसीले सरकारी संस्थानका रुपमा काम गर्दै आएको थियो। यसले दिने अनुदानबाट नेपालसहित झण्डै ४ दर्जन विकासशील मुलुकले आर्थिक विकासका विभिन्न क्षेत्रमा आफूले छनोट गरेका परियोजनामा काम गर्दै आएका छन्।

एमसीसी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजना आउनुअघिको अमेरिकी रणनीतिक योजनाका रुपमा लिने गरिन्छ। अमेरिकाले एमसीसी परियोजनामार्फत् नेपाललाई ५० करोड डलर अनुदान दिने सम्झौता छ।

एमसीसी बन्द भएमा नेपालले सुरु गरेका एमसीए नेपाल अन्तर्गतका विद्युत प्रसारण लाइन तथा सडक निर्माणको काम प्रभावित हुने देखिन्छ।