देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड अनुपस्थित हुने भएपछि संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको जानकारी दिए ।

बर्तौलाका अनुसार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

‘प्रधानमन्त्री संसद्‌मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ’, बर्तौलाले भने, ‘तर आज विपक्षी दलका नेता बाहिर भएकाले संसद्‌मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी स्थगित भएको छ ।’

संसद्‌को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।