देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने

देशान्तर

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११:०० बजे सुरु हुनेछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको “तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०” माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।