देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरएनए विवाद : दुवै पक्ष एकअर्काविरुद्ध अवहेलना मुद्दा

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादका दुई पक्ष एकअर्काविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन्।

यसअघि संघका अध्यक्ष बद्री केसीसहित सबै पदाधिकारीविरुद्ध मुद्दा दायर भएकामा अहिले केसी पक्षधर पनि सोही आरोप लगाएर उच्चस्तरीय विवाद समाधान समितिका संयोजक शेष घलेविरुद्ध सर्वोच्च पुगेका छन्।

केसी नेतृत्वको कार्यसमितिकै उपाध्यक्ष रोजिना प्रधान राई लगायतले उच्चस्तरीय विवाद समाधान समितिका संयोजक शेष घलेविरुद्धको मुद्दामा आज (मंगलबार) पहिलो सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको छ।

घलेले सर्वोच्च अदालतको गत साउनमा जारी आदेशको अवज्ञा गरी कार्यान्वयनमा पनि अवरोध सिर्जना गरेको निवेदनमा उल्लेख गरिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेशमार्फत बद्री केसी नेतृत्वको कार्यसमितिलाई वैधता प्रदान गरेको थियो।

घलेले भने त्यसअघिको अर्को आदेशअनुसार आफ्नो नेतृत्वको समितिले एकता महाधिवेशन गराउने भएकाले एनआरएनए कार्यालय खाली गराउन पत्राचार गरेका थिए।

अहिले एनआरएनएको आगामी महाधिवेशन घले र केसीमध्ये कसको नेतृत्वको समितिले गराउने भन्ने विवाद पनि सर्वोच्चमै पुगेको छ।