देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाजपा विदेश विभाग प्रमुख चौथाईवाले आजदेखि तीनदिने नेपाल भ्रमणमा

देशान्तर

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखि तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्।

तीन दिनको बसाइँमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ।

बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ।