देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निवर्तमान गभर्नर अधिकारी गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा नियुक्त

देशान्तर

काठमाडौं । गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिको सदस्यमा अधिकारीलाई नियुक्त गरेको हो।

पूर्वगभर्नर विजयनाथ भट्टराईले समितिको सदस्यबाट राजीनामा दिएपछि अधिकारीलाई ल्याउने निर्णय भएको हो। समितिमा अर्का सदस्य राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा विश्वनाथ पौडेल छन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्ने सहमति बाहिरिएपछि उनले राष्ट्र बैंकबाट राजीनामा पनि दिइसकेका छन्।

यद्यपि राष्ट्र बैंकमा कामु गर्भनरको जिम्मेवारी सम्हालिरहेकी नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।