देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रिसा साह मृत्यु : तथ्य खोजी समिति गठन, १० दिनभित्र प्रतिवेदन आउने

देशान्तर

काठमाडौं । भारतको उडिसा राज्य राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक नेपाली छात्राको मृत्यु भएपछि विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले तथ्य खोजी समिति गठन गरेको छ ।

इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू)का पूर्वउपकुलपति नागेश्वर रावको अध्यक्षतामा चार सदस्यीय समिति बनाइएको छ । समितिलाई १० दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिले केआईआईटीमा भएको २ नेपाली विद्यार्थीको मृत्युको अनुसन्धान गर्नुका साथै विद्यार्थी कल्याण, सुरक्षा नियमन र त्यस्ता घटनाहरूको रोकथामका लागि उपायका बारे पनि सुझाव दिनेछ । समितिलाई केआईआईटीको मानसिक स्वास्थ्य सहयोग प्रणालीको जाँच गर्न पनि भनिएको छ ।

केआईआईटीमा बीटेक कम्प्युटर साइन्स इन्जिनियरिङ प्रथम वर्षकी छात्रा प्रिसा साहको शव उनको होस्टेल कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

यसअघि फेब्रुअरीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेकी थिइन् ।