देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

देशान्तर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।