देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्यमा भारी वृद्धि

देशान्तर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन ५ हजार ३०० रुपैयाँ बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज ह्वात्तै बढेको हो ।

यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

चाँदी सोमबार एक हजार ९१० मा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा ५५ रुपैयाँले वृद्धि भएको हो ।