देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

देशान्तर

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रूपैयाँ कायम थियो ।

आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।