देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मखन टोलमा आगलागी : एकजनाको मृत्यु

देशान्तर

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भएको भीषण आगलागीमा एक महिलाको ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

तर, मृतकको सनाखत हुन भने बाँकी छ । दमकल प्रयोगगरी आगो नियन्त्रणमा लिसकेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका थिए ।

सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास लिक भई आगलागी भएको हो ।