देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राति ८ बजे मन्त्रिपरिषद् बैठक बस्ने

देशान्तर

काठमाडौं । आज राति ८ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बुधबार राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ।

सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो।

आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ।

समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ।

प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमति भइसकेको छ। पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ।