देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालकोट र थिमीबाट लागुऔषधसहित ६ जना पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले लागुऔषध विक्री वितरण गरेको सूचनाको आधारमा भक्तपुरबाट ६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटबाट एकजना र मध्यपुरथिमी नगरपालिका बोडेबाट पाँचजना पक्राउ परेका हुन् ।

प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले प्रिसियस स्कुल नजिकैबाट गोप्य सूचनाका आधारमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ ओखरपौवा घर भएका वर्ष ३७ का हरिनाथ कोइरालालाई पक्राउ गरेको हो ।

कोइरालालाई डेराकोठामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने १.३२ ग्रामसहित पक्राउ गरेको जनाएको छ । यस्तै मध्यपुरठिमी नगरपालिका वडा नं. ९ बोडेबाट पाँचजनालाई बुधबार पक्राउ गरेहो हो ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका घर भई हाल भक्तपुर बोडे बस्ने स्वदेश राई, काभ्रे रोशी गाउँपालिका घर भई हाल बोडे निलबाराहि बस्ने छिरीङ लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका, बोडे बस्ने अमिर बस्नेत, धुन्चेपाखा बस्ने नेसनल भन्ने सम्राट राई, सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा बस्ने विकास लामा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट मोबाइल ३ थान र नगद पाँच हजार रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले स्वदेश राईको डेराकोठा खनतलासी गर्दा उक्त कोठाभित्रबाट लागुऔषधलगायतका दसी बरामद भई पक्राउ गरी लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।