देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

देशान्तर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्वराष्ट्रपति बाइडेनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

गतसाता पिसाबसम्बन्धी केही समस्या देखिएपछि चिकित्सकसँग परामर्श गरेका बाइडेनको शुक्रबार नै क्यान्सर भएको पुष्टि भएको हो । बाइडेनमा देखिएको क्यान्सर तीव्र गतिमा फैलिने प्रकृतिको रहेको जनाइएको छ ।

बाइडेन र उनको परिवार अहिले चिकित्सकहरूको परामर्शमा विभिन्न उपचार विकल्पहरूको अध्ययन गरिरहेको छ । बाइडेनलाई देखिएको क्यान्सर औषधिको प्रयोग गरेर नियन्त्रणमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।