देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : यी विषय प्राथमिकतामा

देशान्तर

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख घर्ती मगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारलगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको छ । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको हो ।

सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनालाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्गानिक खेती प्रणालीको विकास गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेको जनाइएको छ।