देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सगरमाथा संवादमा सार्क मुलुकका सरकार प्रमुख उपस्थित गराउन नसक्नु कूटनीतिक असफलता : सांसद कुँवर

देशान्तर


काठमाडौं । ‘जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना गरिएको सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुख उपस्थित गराउन नसक्नु सरकारको कूटनीतिक असफलता रहेको आरोप नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले लगाएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली जनताले रुचिपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुकका एकजना पनि सरकार प्रमुख उपस्थित नहुनु दुःखद् भएको बताए।

‘सगरमाथा संवाद २५ बुँदे घोषणापत्र जारी गर्दै सकियो र जलवायुसम्बन्धी हाम्रा आवाजहरुलाई, हाम्रा मुद्दाहरुलाई विश्वसामु हामीले उजागरपनि गर्‍यौँ,’ कुँवरले भने– ‘नेपाली जनताले रुचिपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुक बाहिरका सरकार प्रमुखलाई सहभागी गराउन सक्नुभएन होला तर आफैँ अध्यक्ष भएको सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थिति गराउन नसक्नुलाई राष्ट्रिय असक्षमता वा कूटनीतिक असफलता के भन्ने ?