देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य दुई लाख नजिक

देशान्तर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो।