देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको पदाधिकारी बैठक बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक राखिएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री र उनको सचिवालय मुछिएको विषयमा पनि कुराकानी हुने अनुमान छ ।