देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चार जना सचिवको सरूवा

देशान्तर

काठमाडौँ । सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ।

त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा प्रदेशका सचिव महादेव पन्थलाई ल्याएको छ। त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ।