देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय युवा संघको अध्यक्षमा दोहोरिए थेबे

देशान्तर

काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे दोस्रोपल्ट निर्वाचित भएका छन्। अर्का उम्मेदवार सुमन पुरीलाई १ सय ८८ मतले पछि पार्दै उनले जित निकालेका हुन्।

थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे। कुल १ हजार ७ सय ६४ मतदाता मध्ये १ हजार ४ सय ४ जनाले मतदान गरेका थिए।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी दुवैले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। मतदान मंगलबार बिहानदेखि विद्युतीय माध्यमबाट गरिएको थियो।

महासचिवमा थेबे प्यानलकै महेश चौलागाईं विजयी भए। उनले पुरी प्यानलका कुबेर अधिकारीलाई हराए।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी, महिला सचिवमा निशा लिम्बु सुब्बा, र मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भए।

अधिवेशनको उद्घाटन गत शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।