देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आइतबार भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

देशान्तर

काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा भोटो देखाउने जात्रा पर्ने दिन जेठ १८ गते आइतबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा लागू हुने उल्लेख छ।

नेपाल राजपत्रमा २०८१ फागुन १५ गते नै प्रकाशित सूचनाबमोजिम मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकाका तीनै जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

जात्राको मुख्य आकर्षण भोटो देखाउने कार्यक्रम हेर्न भक्तजन तथा सर्वसाधारणको बाक्लो उपस्थिति हुने गर्दछ।