देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयाघातबाट निधन

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो ।

उनको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशि श्रेष्ठ, लीलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा)लगायतले श्रद्धाञ्जली अर्पण गरे ।
यस्तै, पार्थिव शरीरमा विराट नेपाल भाषा साहित्य गुथिको झण्डासमेत ओढाइएको थियो ।

नेताहरूले श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रिया दिँदै उनको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने बताए ।

उनको सोमबारै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ ।