देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज पनि बस्दै प्रतिनिधिसभाको बैठक, यस्ता छन् कार्यसूची

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।

मंगलबार दिउँसो १ः०० बजे बस्ने बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।

उक्त प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीसमेत निर्धारण गरिएको छ।