देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तोलामा २५ सय रुपैयाँले घट्यो सुन

देशान्तर

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ ।

गत सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।