देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर लिमिटेड

देशान्तर

काठमाडौं। स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैटौँ वार्षिक साधारणसभा यही असार २६ गते बिहान ११ बजेका लागि बोलाएको हो ।साधारणसभा रुकुमपश्चिम स्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ ।

सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोही साधारण सभाले गर्ने बताइएको छ ।