देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भिजिट भिसा प्रकरण : छानबिन समितिलाई यस्तो छ कार्यादेश

देशान्तर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नको लागि आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै समितिले सदनमा उठेको सबैको भावनालाई समेटेको दाबी गरे।

हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। उनले समितिले अख्तियारले छानबिन गरिरहेको अनुसन्धानमा सरकारले कुनै असर नगर्ने सहमति अनुसार नै समिति गठन भएको बताए।

उनले भने, ‘समस्या छ सबैलाई थाहा छ। यो व्यक्तिगत विषयको कुरा होइन। यो समस्यालाई हामी सबै मिलेर दीर्घकालीन रूपमा निराकरण गर्ने हो। त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्यादेश र समिति बनेको छ।’

उनले समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधान हुनसक्नेगरी सुझाव प्रतिवेदन पेस गर्ने बताए। उनले समितिको नौवटा कार्यादेश तयार गरेको बताए।