देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य तोलामा १५ सय घट्यो

देशान्तर

काठमाडौ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको बजार भाउ प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सुनको भाउ मंगलबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

सोमबारको तुलनामा मंगलबार पनि सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँ घटेको थियो ।

सोमबार सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यता, आज असली चाँदीको पनि भाउ पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएका थियो ।