काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेको छ ।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति इश्वरी देवी न्यौपानेले जानकारी गराए ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ ।
सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्तविरुद्ध दुई र शान्ति सिंहविरुद्ध एक तथा सैद्धान्तिक विषयसँग समबन्धि दुईवटा उजुरी परेको छ ।
शुक्रबार उजरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाइ गर्ने समितिले जनाएको छ ।
उजुरीकर्तालाई बिहीबारको समितिको बैठकमा आमन्त्रण गरिएको थियो ।





प्रतिक्रिया