देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध

देशान्तर

काठमाडौं। गएरातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध भएको छ। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको हो, जसका कारण सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका हुन्।

‎‎जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्गअन्तर्गत कालिकोट जिल्लाको सिमानामा पर्ने दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडकमाथिबाट ढुंगा र पहिरो खसेको छ। पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा कालिकोट भित्रिने तथा बाहिरिने सवारी साधनहरू रोकिएका छन्।

‎‎राजमार्ग अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट, हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‎‎लगातारको वर्षा र ठाउँ–ठाउँमा खसेको पहिरोका कारण सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।