देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी दिने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । बैठक आज अपराह्न १ बजे बस्दै छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर यही असार २० गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहिआएको छ ।