काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्थामा जालझेल गरिएको विषयमा गठित संसदीय छानबिन समितिको पहिलो बैठक संसद भवन, नयाँ बानेश्वरमा आज बसेको छ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक बसेको हो । कुलिङ पिरियडमा भएको हेरफेरका बिषयमा छानविन गर्न हिजो सोमबार नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा ७ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।
समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई/दुई जना सांसद छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक/एक जना छन्। समितिलाई ४ बुँदे कार्यदेश दिंदै छानबिनका लागि २१ दिनको समय दिइएको छ ।





प्रतिक्रिया