काठमाडौं । प्रहरीले १ करोड ४४ लाख रुपैयाँसहित काठमाडौंको बौद्धबाट एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीको एक घरबाट जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उक्त रकम बरामद गरेको हो ।
पक्राउ पर्नेमा स्वयम्भू बस्ने ४० वर्षका चिनियाँ नागरिक वाङ जैन रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चिनियाँ नागरिकमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया