देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टेलिकमका प्रबन्ध निर्देशकलाई दुई लाख धरौटीमा छाड्न आदेश

देशान्तर

काठमाडौं । विशेष अदालत, काठमाडौंले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई रु दुई लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आज बयान सकेर थुनछेक बहसपछि यस्तो आदेश दिइएको हो ।

‘विलिङ सिस्टम अपग्रेड’ गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।