देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहिद भीमनारायण श्रेष्ठप्रति श्रद्धाञ्जली, परिवारलाई सम्मान

देशान्तर

धनकुटा, असार २४ – सहिद भीमनारायण श्रेष्ठको ८८औँ जन्म जयन्तीको अवसरमा आज धनकुटामा श्रद्धाञ्जली सभा आयोजना गरी उनको परिवारलाई सम्मान गरिएको छ। नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सहिद भीमनारायणकी पत्नी लक्ष्मीदेवी श्रेष्ठ र ज्येष्ठ सुपुत्र मनोजनारायण श्रेष्ठलाई माला र खादा लगाएर सम्मान गरे।

सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा भीमनारायण चौकमा भएको श्रद्धाञ्जली कार्यक्रममा संविधानसभा सदस्य लीला सुब्बा, नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य नवीन किशोर शाक्य, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, गङ्गाराम ढुङ्गाना, जिल्ला सहसचिव रोशन श्रेष्ठ, नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक महत, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरू रवीन्द्र नेपाली, विष्णु पौडेल, निरुपा राई, नेताहरू परेन्द्रलाल श्रेष्ठ, मिलन खड्गी, धनकुमार राई, शैलेसमान श्रेष्ठ, शम्भु प्रधान, द्रोण गुरागाईँ, कृष्णमाया श्रेष्ठ, गोविन्द राई, हरि तिम्सिना, कुसुम जोशी, प्रेम लिम्बु, रमेश साम्बा, लक्ष्मण खड्का, टीका श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतले सहिद भीमनारायणको प्रतिमामा फूल माला र खादा चढाएर श्रद्धाञ्जली अर्पण गरे।

विक्रम संवत् १९९४ असार २४ मा जन्मिएका प्रजातान्त्रिक आन्दोलनका योद्धा भीमनारायण श्रेष्ठलाई २०३० चैत ३ मा विराटनगर बम काण्डको अभियोगमा पक्राउ गरिएको थियो। लामो समयसम्म कठोर जेल यातना भोगेपछि २०३५ असार २६ मा उनलाई मृत्युदण्ड दिइएको थियो। नेपाल सरकारले २०७२ फागुन १९ मा उनलाई राष्ट्रिय सहिद घोषणा गरी सम्मान गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए।