देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तर्घात गरेकाे प्रमाणित भएका १८ नेतामाथि कांग्रेसकाे कारबाही, काेकाे परे ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा अन्तर्घात गरेकाे प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाही गरेकाे छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार ६ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।

२०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको पुष्टि भएपछि ती १८ जना नेतालाई कांग्रेसले कारबाही चलाएको हो ।

समितिले १२ जना नेतालाई निश्चित अवधिका लागि निलम्बन गरेको छ । समितिका संयोजक ढुंगानाले अरू ६ जनालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

उनले बाँकी १२ मध्ये ११ जनालाई ६ महिनाका लागि र एकजनालाई तीन महिनाका लागि निलम्बन गरिएको बताए ।

ढुंगानाका अनुसार असार ९–१७ गतेसम्म बसेको समितिको बैठकले गत निर्वाचनमा पार्टी हितविपरीत गतिविधिमा संलग्नहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टीबाट निष्कासनमा पर्नेहरूमा प्रदेश महामन्त्री, जिल्ला सभापति र प्रदेश सरकारका पूर्वमन्त्रीसम्म परेका छन् । यस्तै पार्टीका पूर्वजिल्ला सभापतिदेखि क्रियाशील सदस्यसम्मका नेता–कार्यकर्ताहरू तीनदेखि छ महिनालाई निलम्बनमा परेका छन् ।

एक वर्षका लागि निष्कासित

विक्रम खनाल, महामन्त्री (लुम्बिनी प्रदेश)
कुमार खड्का, पूर्वमन्त्री (गण्डकी प्रदेश)
विष्णुकमार राई, सभापति (खोटाङ)
तुलसी सुब्बा, महासमिति सदस्य (तेह्रथुम)
अरविन्दकुमार गुप्ता, क्षेत्रीय सभापति (पर्सा–१)

६ महिनाका लागि निष्कासित

आनन्द यादव, सभापति (लक्ष्मीनिया गाउँपालिका, धनुषा)

६ महिनाका लागि निलम्बन

खटरू यादव, नगर सभापति (सबैला नगरपालिका, धनुषा)
रामबाबु यादव, (धनुषाधाम नगरपालिका–१, धनुषा)
फुलगेन यादव, सभापति (मुखियापट्टी मुसहरनिया, धनुषा)
भावना श्रेष्ठ, क्षेत्रीय सहसचिव (कास्की–२)
पूर्णकुमार कुँवर, पूर्व सचिव(कैलाली)
भीमबहादुर शाह, महाधिवेशन प्रतिनिधि (धनगढी-२, कैलाली)
आनन्दराज जोशी, पूर्वमहासमिति सदस्य (धनगढी–१, कैलाली)
रवीन्द्रप्रताप सिंह, क्षेत्रीय प्रतिनिधि (धनगढी–२, कैलाली)
लेखराज ओझा, क्रियाशील सदस्य (धनगढी-१, कैलाली)
सुभाष चन्द, क्रियाशील सदस्य (धनगढी–५, कैलाली)
बब्लुकुमार चौधरी, पूर्व महाधिवेशन प्रतिनिधि (कैलाली)

तीन महिनाका लागि निलम्बन

कृष्ण केसी, पूर्वसभापति (कास्की)