देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

देशान्तर

काठमाडौं । पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

बैतडीको नाचन्थली नजिक सडकमाथिबाट पहिरो खस्दा आज बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायताले पहिरो पन्छ्याएपछि दिउँसो ३ बजेदेख सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए ।

उनका अनुसार पहिरो पन्छ्याएसँगै अहिले रोकिएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।