देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

Deshanter News

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज– आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आह्वान गरे ।

उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना काम गर्न स्थानीय तहलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।