देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीलगायतलाई कारबाही माग गर्दै अख्तियारमा निवेदन

देशान्तर

काठमाडौं । स्पेनमा मानव तस्करीमा संलग्न प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई कारबाही गर्न माग गर्दै युवराज सफल नामका व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार निवेदन दर्ता गरेका छन् ।

उजुरीमा इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स कार्यक्रममा सहभागी भएका १० जना व्यक्तिहरू नेपाल नफर्किएको भन्दै यसको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने उल्लेख छ ।

‘जसरी तत्कालीन कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा पक्राउ गरी अनुसन्धान गरिएको थियो त्यही नजिरको आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्नु आवश्यक देखिन्छ’, उजुरीकर्ताले भनेका छन् ।