देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक साताका लागि संसद् बैठक स्थगित

देशान्तर

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नप’दा स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठक अन्त्य गर्दै अर्को बैठक आगामी साउन ७ गते बस्ने जानकारी गराए । त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।

मंगलबारको बैठकमा पानी जहाज सञ्चालनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्ने कार्यसूची थियो । तर, गणपुरक संख्या नपुगेर अगाडि बढ्न सकेन ।

२७५ सदस्यीय सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ अर्थात, ६९ सांसद उपस्थित हुनुपर्छ । तर, सभामा ६१ जना सांसद मात्रै उपस्थित रहेपछि विधेयक अगाडि बढ्न नसकेको हो ।

सभामा माओवादी केन्द्रकी सचेतक रूपा सोशी चौधरीले गणपुरक संख्या यकिन गर्न माग गरेकी थिइन् । ३ मिनेट घण्टी बजाएर गन्दा ६१ जना मात्रै उपस्थित रहेको थाहा भएको थियो ।