देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

देशान्तर

काठमाडौं । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ ।

साउने संक्रान्ति पर्वको दिनमा ती जिल्लाका समुदायले आफ्नो घरको छतमा सल्लाको तेलयुक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधिअनुसार लुतोको रूपमा फाल्ने प्रचलन रहिआएको छ ।