देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सशस्त्रको डीआईजीमा मनीष थापा सिफारिस

देशान्तर

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा मनीष थापा सिफारिस भएका छन् ।

डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन् । पहिलो ब्याचका मनीष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी रहेका छन् ।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त १ डीआईजीमा बढुवाका लागि थापालाई सिफारिस गरेको हो ।