देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल टेलिकमलाई प्राधिकरणले दियो थप फ्रिक्वेन्सी

देशान्तर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणको केही दिनअघिको बोर्ड बैठकले कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।

प्राधिकरणका सहायक प्रवक्ता डा‍‍ प्रदीप पौड्यालका अनुसार टेलिकमले प्राप्त थप फ्रिक्वेन्सी नयाँ आर्थिक वर्ष २०८२/०८३ को सुरुवात १ साउनदेखि प्रयोग गर्न पाउनेछ । कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा ०.४x२ मेगाहर्ज (पेयर्ड) अर्थात् ०.८ मेगाहर्ज (अनपेयर्ड) फ्रिक्वेन्सी दिइएको उनले बताए ।

यसअघि टेलिकमसँग सो ब्यान्डमा १९.२ मेगाहर्ज अनपेयर्ड (९.६x२ मेगाहर्ज पेयर्ड) फ्रिक्वेन्सी रहेकोमा थप फ्रिक्वेन्सीगरी अब २० मेगाहर्ज अनपेयर्ड (पेयर्ड १०x२) मेगाहर्ज पुगेको छ । मूलतः टुजी र फोरजी सेवामा प्रयोग हुँदै आएको यो ब्यान्डको फ्रिक्वेन्सीले आगामी दिनमा कम्पनीको सेवा सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धी एनसेलसँग ९०० मेगाहर्ज ब्यान्डमा ९.६x२ मेगाहर्ज (पेयर्ड) फ्रिक्वेन्सी रहेको छ ।