देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपा प्रवेश गरे पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी

देशान्तर

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्वसीईओ (प्रमुख कार्यकारी अधिकृत) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनीष झाले रेग्मी पार्टीमा प्रवेश गरेको जानकारी दिए ।

पर्यटन बोर्डको सीआईओ हुँदा विवादमा तानिएका रेग्मी निलम्बितसम्म भएका थिए । २०७८ सालमा बेलायतबाट नेपाल फर्कने क्रममा आफूले ल्याएको रक्सीको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीसँग उनले झगडा गरेका थिए ।

उनी पदीय हैसियतको दुरुपयोग गरेको र नैतिक आचरणविपरीत काम गरेकामा निलम्बित भएका थिए ।