देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव

देशान्तर

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव अघि बढेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारी मात्रै राख्ने गरी उक्त प्रस्ताव गरेका हुन् ।

अहिले एमालेमा रहेका १९ जना पदाधिकारीलाई घटाएर ११ जना मात्रै राख्ने गरी विधान संशोधन प्रस्ताव उपाध्यक्ष पौडेलले बैठकमा राखेका एकजना पदाधिकारीले जानकारी दिएका छन् ।

पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा एकजना अध्यक्ष , तीनजना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव र पाँचजना सचिव रहने प्रस्ताव गरिएको छ । बैठकमा १९९ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ।