देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गगनको टिप्पणी : सरकारले दिन गनेर बस्ने हो ?

देशान्तर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पटक अब एक वर्ष मेरो त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गरेको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको पनि बताए।

उनले शुरुमा दुईवटा पार्टी मिलेर राम्रो कामको शुरुवात गरेपनि अहिले बरालिएको बताए। अहिले सरकार खालि दिन गनेर बस्ने जस्तो मात्रै भएकाले टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताए। ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताए।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीजीले बेला-बेलामा के भनेको सुन्छु भनेः अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु। त्यो हिसाव कितावको बारेमा अब कुरा नगरौँ। सरकार भनेको दिन गनेर बस्ने हो र?’

उनले कांग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने स्पष्ट पारे।

महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महशुस गर्नेगरी काम गरेर देखाउनुपर्ने बताए।