देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बामदेव आजदेखि समाजवादीमा

देशान्तर

काठमाडौं, २ साउन । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा आज समाहित हुदैँछ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान नेकपा एसमा समाहित हुन लागेको हो । 

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् ।

यसअघि नै आज समाहित हुने भनेर नेकपा एसका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भइ नै सकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो ।