देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको मुख्य दुश्मन राजतन्त्र होइन : प्रचण्ड

देशान्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उठ्न जमर्को गरे पनि नेपालमा राजतन्त्र मुख्य दुश्मन नभएको बताएका हुन्।

उनले नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरूले नेपाल राज्यलाई विध्वंश बनाइरहेको बताए। नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएको उनको भनाइ थियो।

उनले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दै छन्। नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएका छन्। आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक भएको छ।

आजभोलि साँच्चै दयनीय स्थिति छ। हामीले विधायिकातिर हेर्दा लाजमर्दो स्थिति छ। संघीय निजामती विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरु अपमानित हुने गरी चलखेल र छेडखानी कसले गर्‍यो ? अदालत, ब्युरोकेसी, भ्रष्टाचार सर्वत्र छ। यसका विरुद्ध हामी लड्नुपर्छ। अहिले सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन छैन नेपालमा। उठ्न जमर्को गरे पनि त्यो उठ्नेवाला पनि होइन।’